फ्राइडे रिलिज रोज र रामकहानी, यस्तो छ दुबै चलचित्रको डिटेल

फ्राइडे रिलिज अन्र्तगत आजबाट २ नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शनमा आएका चलचित्रहरु हुन रोज र रामकहानी ।
जब रोज र रामकहानीले एउटै मितिमा आफ्नो प्रदर्शन तय गरे तब यि दुबै चलचित्रको व्यपारलाई लिएर फिल्मीबृत्तमा निकै चर्चा हुने गरेको छ । नहोस् पनि किन जति नै कोसिस गर्दा पनि सफल हुन नसकेका कलाकारहरु प्रदिप खड्का र पुजा शर्माले एकसाथ अभिनय गरेको चलचित्र प्रेमगीत सफल भएको थियो । यो चलचित्रमा एकसाथ काम गरेपनि त्यसपछि उनीको बाटो अलग देखियो । अहिले त एउटै मितिमा यि दुई कलाकार अभिनित भिन्ना भिन्नै चलचित्र एकसाथ प्रदर्शन हुँदैछन् ।
हुन त चलचित्र एउटा कलाकारको भरमा मात्र चलचित्र सफल हुने वा असफल हुने भन्ने होइन । चलचित्र टिमवर्क हो । यद्यपी दर्शकले रुचाएका अनि विगतमा एकसाथ काम गरेका कलाकार भएकोले होला उनीहरुकै स्टारडमका आधारमा यतिबेला दुई चलचित्रको चर्चा भइरहेको छ ।
त्यसो त सार्वजनिक ट्रेलरलाई हेरेर भन्ने हो भने यि दुबै कलाकार यसपटक आफ्ना अघिल्ला चलचित्रमा भन्दा अलिक फरक भुमिकामा देखिएका छन् । लभर व्यायको रुपमा देखिने प्रदिप क्रिमिनल लुक्समा छन् भने पुजाको भुमिका पनि अलिक फरक देखिन्छ । उनी भूतको भूमिकामा देखिएकी छिन । यद्यपी दुबै कलाकार लभ सिक्वेन्समा नदेखिएका भने होइनन् ।
चलचित्र रोजलाई निरक पौलेलले निर्देशन गरेका हुन भने रामकहानीलाई सुदर्शन थापाले । रोजमा प्रदिपका अलवा मिरुना मगर, पारामिता राणा, कर्म, बरुण राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ भने रामकहानीमा पुजाका अलवा आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन बिक्रम राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
दुवै चलचित्रले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएका छन् ।
चलचित्र रोजको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्
चलचित्र रामकहानीको बारेमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri