फ्राईडे रिलिज : छिरिङ्ग, अनुराग र कथा काठमाण्डुको

फ्राईडे रिलिज अन्तर्गत यो शुक्रबार तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबारबाट छिरिङ्ग, अनुराग र कथा काठमाण्डुको ले आफ्नो प्रदर्शन आरम्भ गरेका हुन ।
३ वटै चलचित्र भिन्न भिन्न जनराका छन् । फरक फरक कथाका ३ वटै चलचित्र सफल हुने आशा निर्माण पक्षले राखेको छ ।
छिरिङ्ग मस्तिष्क प्रत्यारोपणको कथामा बनेको चलचित्र हो । चलचित्र एक्सन जनराको हो । गायक तथा नायक यश कुमारले निर्देशन गरेको यो चलचित्रमा उनका साथै निमा रुम्बा, कामना भुजेल, कबिता आले, ओम प्रतिकलगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।
यस्तै अर्को चलचित्र अनुराग म्युजिकल लभस्टोरीमा आधारित हो । चर्चित पत्रकार ऋषि धमलाले निर्माण गरेको चलचित्र अनुरागलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन । मुख्य भुमिकामा काम गरेका एलिजा गौतम र समुन्द्र पण्डित दुबैको यो डेव्यु चलचित्र हो । निर्देशकले समेत यसै चलचित्रबाट डेव्यु गरेका हुन ।
यता संगीता श्रेष्ठ निर्देशित चलचित्र कथा काठमाडौंको काठमाडौंका भिन्न भिन्नै ३ कथामा आधारित रहेको बताइएको छ । चलचित्रको ट्रेलर र गीतमा इन्टिमेट सिन राखिएपछि यसको चर्को आलोचना समेत भएको छ । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संजोग कोइरालालगायतको अभिनय रहेको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri