Khusma
Devi
Rawayan

प्रदर्शन भए ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’

२०८१ जेष्ठ २५
प्रदर्शन भए ‘गाउँ आएको बाटो’ र ‘लन्डन टु पेरिस’

फ्राइडे रिलिज अन्तर्गत आज दुइवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ र घनश्याम लामिछानेले निर्देशन गरेको ‘लन्डन टु पेरिस’ आजबाट प्रदर्शनमा आएका हुन् ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइला (दयाहाङ राई), माइली (पशुपति राई) र उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई)को जीवनमा उक्त गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिकपरिवर्तन र संघर्षको कथा पेस गर्नेछ । चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसान राई प्रमूख भूमिकामा छन् ।

यस्तै नेपाली डायस्पोराको कथा भन्ने ‘लन्डन टु पेरिस’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कविर खड्कालगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।