Mansara

‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

२०७५ पौष ९
‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

चलचित्र ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा नाजिर हुसेन, कार्म, प्रियंका सिंह ठकुरी, कामेश्वर चौरासिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लुभिना तुलाधरलगायतका कलाकारलाई स्थान दिइएको छ ।

पारिवारिक तथा कमेडी कथावस्तुमा निर्माण गरिएको चलचित्रलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् । अजित फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ । 

चलचित्रमा कशम नेपालको कथा, आकाश बरालको पटकथा, निर्देशक कोइराला, बिनोद खतिवडा र आकाश बरालको संवाद, सुसन प्रजापतीको छायाँकन र उज्वल ढकालको सम्पादन रहेको छ । चलचित्र माघ ४ गतेबाट प्रदर्शन हुँदैछ ।