‘गीत गजल’को पोस्टर सार्वजनिक

लेन्सनेपाल २०७६ आषाढ २५
‘गीत गजल’को पोस्टर सार्वजनिक

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘गीत गजल’को पोस्टर सार्वजनिक गरिएको छ ।

नितिन चन्दको निर्देशन रहेको  चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ । 

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा र संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दकै कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।

चलचित्रको प्रदर्शन मिति असोज २४ गतेलाई तय गरिएको छ ।