Mahajatra

हट एयर बेलुनमा ‘गोपी’

२०७५ पौष १९
हट एयर बेलुनमा ‘गोपी’

चलचित्रको प्रचारका लागि कविता लेखन प्रतियोगीता आयोजना गरेको चलचित्र ‘गोपी’ निर्माण टिमले हट एयर बेलुन प्रचार समेत थालेको छ ।

केही समय अगाडि मात्र नेपाल भित्रिएको नेपाल कै एक मात्र हट एयर बलुनमा आफ्नो पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार पछिल्लो समय हट एयर बलुनमा मानिसहरुको आकर्षण बढ्दै गएकोले त्यसको फाइदा उठाउँदै त्यसमा पनि गोपीको प्रचार थालिएको हो ।

दिपेन्द्र लामा निर्देशित चलचित्रमा बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, भोलाराज सापकोटा, प्रकाश घिमिरे, हिउँवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ । आरोही इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन । माघ १८ गते प्रदर्शन हुने चलचित्रमा सामिप्य तिमल्सेनाको लेखन, शैलेन्द्र डि कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।