फागुन १ देखि बन्द हुँदै गोपीकृष्ण हल
काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल फागुन १ गतेदेखि बन्द हुने भएको छ । गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले एक विज्ञप्ति जारी गर्दै कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको जनाएका छन् ।
२०५२ सालमा स्थापना भएको हलले चलचित्र प्रदर्शनमा गर्विलो इतिहास बोकेको छ । कोरोना अघि सम्म गोपीकृष्ण हलबाट नेपाली निर्माताले सबैभन्दा धेरै सेयर पाउने गरेका थिए । गोपीकृष्णको शुक्रबार र शनिबारको कमाईबाट चलचित्र हिट र फ्लप निर्धारण हुन्थ्यो । सातवटा हल सञ्चालनमा रहँदा गोपीकृष्ण कलाकारको क्रेज देखाउने थलो समेत बनेको थियो ।
सातवटा हल सञ्चालनमा रहेको गोपीकृष्णको मुख्य हल संरचना कोरोना पछि भत्काइएको थियो । यस्तै ‘ओमः’, ‘नमः’ र ‘शिवायः’लाई रातो, हरियो र निलो (आरजिबी) रंगको थिममा सञ्चालनमा ल्याइएको थियो ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora