यस्तो छ ‘गोर्खा वारियर’को पोष्टर
सन् २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तराष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स मंगलबार सार्वजनिक गरिएको छ ।
मिलन चाम्सको निर्देशन रहेको चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ । गोर्खा वारियरको यतिबेला फस्ट लुक्सको रुपमा तीन वटा पोष्टर सार्वजनिक गरिएको छ ।
सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत फस्ट लुक्समा समेटिएको छ । सबै पोष्टरहरु खैरो रँगमा तयार गरिएको छ । युद्ध सम्बन्धि ऐतिहासिक कथामा चलचित्र रहेकाले पोष्टरको रंग ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले बताएका छन् ।
‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora