घुमाएरै किन नहोस्, गोविन्दाले गरे नितालाई चियाको अफर !

एलजी सिने सर्कल अवार्डको दौरान बलिउड अभिनेता गोविन्दालाई धेरैले ज्वाई साप भनेर सम्बोधन गरिरहेका थिए ।
नेपाली भाषी सुनितासँग विवाह गरेका कारण गोविन्दालाई नेपालको ज्वाई साप भनेर सम्बोधन गरिएको थियो । यसैबिच पपुलर गीतको अवार्ड घोषणा गर्ने जिम्मा पाइन नायिका निता ढुङ्गानाले । उनी पनि के कम गोविन्दालाई स्टेजबाट नै भिनाजु भनेर सम्बोधन गरिदिइन ।
ठिकै हो उमेरका हिसावले सुनिता निता भन्दा ठुलै हुन, त्यसैले भिनाजु भन्नु कुनै आश्चर्यको कुरा भएन । यता गोबिन्दाले भने सालीको कुरा नोटिस गरेर बसेका रहेछन् ।
हुन त साली कसको भेनाको भन्ने चलचित्र नै बनिसकेको छ । यसैले भेनाको नजर साली माथी पर्नुलाई पनि अस्वभाविक नठानौं । जब गोविन्दाले समारोहलाई सम्बोधन गरे त्यो समय सालीलाई जिस्काउन छोड्नन् । उनले घुमाउरो शैलीमा सालीलाई चिया खाने निम्तो दिए । आफु जुन देशमा गए पनि कहि न कहि जिजुको आवाज आउने र त्यस्तो सुन्दा आफुले त्यो व्यक्ति नेपालबाट आएको सहजै पहिचान गर्ने भन्दै उनले चियाको प्रसंग निकालेका थिए । गोविन्दाले नेपालीहरु आफुलाई आत्मिय लाग्ने भन्दै कार्यक्रमको दौरान भेटिने सालीहरुले आफुसँग चिया खानै पर्छ भन्ने गरेको समेत बताए । उनले अघि थपे मलाई मज्जा लाग्छ अनि सँगै चिया पिउछु जान्छु ।
कयौंले उनलाई ज्वाई साहेप भन्दा मुस्कुराई मात्र रहेका गोविन्दाले सालिको कुरालाई स्टेजबाट नै सम्बोधन गरिदिए । सालिको कुरामा मात्र प्रतिक्रिया जनाउँदै चियाको उदाहरण दिएका गोविन्दाले कतै नितालाई पनि चियाकै अफर गरेका त हैनन् !

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya