Jwai Sap
Aktor

कार्तिक ९ मा ‘गुन्यो चोलो उर्फ गुलाबी’, नाजिरको ट्रान्सवुमन लुक्स

२०८१ आषाढ २७
कार्तिक ९ मा ‘गुन्यो चोलो उर्फ गुलाबी’, नाजिरको ट्रान्सवुमन लुक्स

अभिनेता नाजिर हुसेनको मुख्य भुमिका रहेको चलचित्र ‘गुन्यो चोलो : कमिङ अफ अ्याज अफ अ गर्ल’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको सार्वजनिक पोस्टरमा नाजिरलाई ‘गुलाबी’ पात्रको रुपमा चिनाउँदै चलचित्र कार्तिक ९ बाट रिलिज हुने जानकारी दिइएको छ ।

नाजिरको लुक्स र पोस्टरले नै चलचित्रको कथावस्तु बोल्छ । अभिनेता नाजिरले यो चलचित्रमा निकै मेहेनत गरेका छन भन्ने छनक पोस्टरबाटै मिलेको छ । नाजिरले ‘गुन्यो चोलो उर्फ गुलाबी’कै लागि भनेर आफ्नो १६ केजी तौलसमेत घटाएका थिए ।

पोस्टरमा नाजिर पहेलो रङ्गको वान पिसमा देखिएका छन । उनले एउटा हातमा नक्कली कपाल बोकेका छन भने अर्को हातमा हिल्स बोकेका छन । उनको शरीरमा चोटको निशान छ । उक्त चोटको निशानले नाजिरको पिडा देखाउँछ । नाकमा नथिया, कानमा झुम्का र पुरै श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ, जसको मेकअपदेखि चरित्र रुपान्तरण गज्जबको छ ।

चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी हुन । समुन्द्रले चलचित्रको कथालाई न्याय दिन निकै मेहेनत गरेकी छिन । निर्देशक भट्टले चलचित्रको पटकथा निर्माण र अनुसन्धानमा लैंगिक अल्पसंख्यकको क्षेत्रमा कार्य गर्ने संस्थाहरु निलहिरा समाज र मितीनी नेपालसंग पनि परामर्श गरेकी थिइन । चलचित्रलाई लिएर समुन्द्र निकै आशावादी छिन । ‘गुन्यो चोलो उर्फ गुलाबी’ले आफ्नो निर्देशनको यात्रामा थप उचाई दिनेमा भट्ट विश्वस्त छिन ।

अमेरिकी कम्पनी भिजन ईन्टरटेन्मेन्ट र दि स्काई ओसन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रले पारलैंङ्गिकताको कथालाई उठान गरेको छ । चलचित्रमा समुन्द्र र नाजिरको पटकथा तथा संवाद लेखन रहेको छ । चलचित्रमा नाजिरका अलावा संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भुमिकामा छन् ।

चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम अमेरिकामा गरिएको हो । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखी ब्याकग्राउन्ड म्युजिकसम्को काम हलिउड शैलीमा तयार गरिएको छ । चलचित्रमा हलिउड कलाकार लिजा जेरार्डले स्वर दिएकी छन भने ब्याकग्राउन्ड म्युजिकको काम मार्सेलो दि फ्रान्सिसीले गरेका छन ।

नेपालको पहिलो पुर्णरुपको ट्रान्स स्टोरीमा निर्मित यो चलचित्र नेपाली चलचित्र प्रोड्क्सन हाउस र हलिउड चलचित्र प्रोड्क्सन हाउसको संयुक्त लगानीमा निर्माण भएको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन ।

आलोक शुक्लाले खिचेको चलचित्रमा लेखु सहयात्रीको गीत रचना, विजय बस्यालको प्रोड्क्सन डिजाइनर पुष्कर लामा प्रोडक्सन हेडमा र राम भण्डारी क्रिएटिभ हेडमा छन ।