‘गोर्खा वारियर’को हिन्दी डविङ अन्तिम चरणमा
हिन्दी, अंग्रेजी र कोरियन भाषमा डविङ गरिने जनाइएको चलचित्र ‘गोर्खा वारियर’को हिन्दी डविङ अन्तिम चरणमा पुगेको छ । मिलन चाम्स निर्देशित चलचित्रले फागुन ११ गतेलाई नेपाल रिलिज घोषणा गरे लगत्तै बिभिन्न भाषको डविङलाई पनि तिब्रता दिइएको हो ।
मुम्बईमा भइरहेको डविङमा नायक रितेस चाम्सको स्वराँकन भारतका चर्चित डविङ आर्टिष्ट सचिन गोलेले गरिरहेका छन् । सचिनले दक्षिण भारतिय चलचित्रका मुख्य नायकको स्वराँकन गर्ने गर्छन ।
चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अरु कलाकारको स्वराँकन पनि डिज्नीलगायत विभिन्न हलिउड तथा दक्षिण भारतीय फिल्मको स्वराँकन गर्ने भारतीय डविङ आर्टिष्टको स्वरमा भइरहेको निर्देशक चाम्सले जनाएका छन् । हिन्दी भर्सका लागि बलिउड गायक शानको स्वरमा गीत समेत रेकर्ड भइसकेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता सुमन राई र सुस्मिता वाइवा हुन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सहनिर्मातामा सुरेश राई रहेका छन् ।
चलचित्रमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन र राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ ।
चलचित्रमा दोश्रो विश्व युद्ध अन्तर्गत मलायाको युद्धमा गोर्खा सैनिकले बीरताका साथ लडेर हाँसिल गरेको सफलतासँगै उनीहरुको सँघर्षको कथा समेटिएको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora