चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक

चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । २०२३ रिलिज भनिएको चलचित्रको टिजर राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको हो ।
सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई चलचित्रमा प्रसतुत गरिएको छ । युद्धको कथा भएकोले खैरो कलर टोनको प्रयोग देख्न सकिन्छ । मिलन चाम्सको निर्देशन रहेको चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा रिलिज हुने छ ।
‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन् । रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई छन् । यस्तै कार्यकारी निर्मातामा प्रशान्त थापा र सहनिर्मातामा रुपमा सुरेश राई छन् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri