चलचित्र ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक
चलचित्र ‘गोर्खा वारियर’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक ट्रेलरमा मलायाको जंगलमा गोर्खा सैनिकले लडेको लडाइँलाई देखाइएको छ । मिलन चाम्सद्वारा निर्देशित चलचित्र फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ ।
चलचित्रमा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राईलगायतको अभिनय छ । सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर चलचित्र बनेको हो ।
कार्यक्रममा निर्देशक चाम्सले अमेरिकी वितरण कम्पनीले चलचित्रलाई अन्तर्राष्ट्रिय रिलिज गर्न लागेको बताएका छन् । दक्षिण कोरियामा भने ‘मिस हुँ’ नामक कम्पनीले कोरियाली भाषामा रिलिज गर्ने छ । यतिबेला बिभिन्न भाषमा चलचित्रको स्वराङकन भइरहेको छ ।
निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको चलचित्रमा सुमन राई र सुस्मिता वाइवा निर्माता र प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता हुन् भने सुरेश राई सह–निर्मातामा छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora