Missing: Kt Harayeko Suchana
Juna
Rangi

चलचित्र ‘हजार जुनीसम्म’को शिर्ष गीत सार्वजनिक

२०७६ श्रावन २६
चलचित्र ‘हजार जुनीसम्म’को शिर्ष गीत सार्वजनिक

साउन ३० गतेबाट प्रदर्शन हुने चलचित्र ‘हजार जुनीसम्म’को शिर्ष गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको शिर्ष गीतमा चलचित्रका चल अचल दृश्य समावेश गरिएको छ । योगेन्द्र घतानीको संगीत र पवन चाम्लिङको शब्द रचना रहेको गीतमा आयुष केसीको स्वर रहेको छ । यो गीतका ओर्जिनल गायक उदय सोताङ हुन् ।

विकाश राज आचार्यको निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सलोन बस्नेत, अखिलेस प्रधान, आर्यन सिग्देल, प्रिंयका कार्की, संचिता लुईंटेल, शिवहरी पौडेल, दिपाश्री निरौला र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको छ ।

विशाल चाम्लिङ्गको निर्माण रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । विशाल चाम्लिङ्गको कथा रहेको चलचित्रमा निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद, पुरुषोत्तम प्रधानको छायाँकन, कविराज गहतराको कोरियोग्राफी, उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

Kumari Bank