Mansara

‘हली’ बनाउँदै ओम प्रतिक

२०७५ फागुन २९
‘हली’ बनाउँदै ओम प्रतिक

चलचित्र हली बन्ने भएको छ । राजधानीको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा शुभ साईत गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो । शुभसाइतमा नायक सरोज खनाल, प्रमोद दीप र नायिका सुजाता थापाले सट दिएका थिए । 

चिरायु फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रलाई ओम प्रतिक गुरुङले निर्देशन गर्नेछन् । निर्देशक गुरुङका अनुसार चलचित्र समसामयिक बिषयमा आधारित रहने छ । गाउँ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको उनले बताएका छन् ।

पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछानेको लगानी रहने चलचित्रको चैत्र दोस्रो साताबाट छायाँकन सुरु गरिने जनाइएको छ । चलचित्रमा सरोज खनाल, प्रमोद दीप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कञ्चन दुलाल, सुरेश नगरकोटीलगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा राहुल राईको छायाँकन, कुमार महर्जनको द्वन्द्व तथा राम प्यासको कोरियोग्राफी रहने छ ।

Mahajatra