महेश र बिनिताको ‘हल्कारा’ वैशाख २९ मा

अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ ।
‘चलचित्रले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ,’ निर्देशक सापकोटा भन्छन्, ‘चलचित्र सत्यकथा प्रेरित हो । तर, कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’ चलचित्रमा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् ।
‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट चलचित्र घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।
यसैगरि चलचित्र नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो । यो चलचित्रमा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । चलचित्रको सम्पादन पनि विक्रम स्वयंको हो ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi