‘हल्कारा’ले जित्यो ह्युस्टन फिल्म फेस्टिभलमा दुई अवार्ड
अमेरिकामा सम्पन्न ह्युस्टन फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘हल्कारा’ले दुई वटा अवार्ड जितेको छ । ५ दिनसम्म अमेरिकाको ह्ययुस्टनमा चलेको फेस्टिभलमा चलचित्रले प्लाटिनम रेमी र छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेका हुन् ।
विक्रम सापकोटा निर्देशित चलचित्रमा उनीसँगै विप्लप प्रतीक र आकाश बरालको लेखन रहेको छ । चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सन मिलेर निर्माण गरेका हुन् ।
चलचित्रमा महेशसँगै बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।
वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । फेस्टिभलमा यो वर्ष विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev