माघ २२ गते चलचित्र हल बन्द हुने

माघ २२ गते मुलुकभरका चलचित्र हल बन्द हुने भएका छन् । नेपाल चलचित्र संघले बिभिन्न शिर्षकका करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका हलहरू बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप लगाएको छ । संघले बिज्ञप्ती जारी गर्दै त्यस्ता करहरुलाई अव्यवहारिक कर भनेको छ ।
चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै संघले मूल्य अभिवृद्धि करबाहेकका अन्य करहरू खारेजीको माग गरेको हो ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi