‘हाम्रो स्वर्ग’को छायाँकन शुरु, यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने

यार्सागुम्बा टिप्ने मान्छेहरुको कथा भन्ने चलचित्र ‘हाम्रो स्वर्ग’को छायाँकन शुरु भएको छ । शोभित बस्नेतको निर्देशन रहने चलचित्रको छायाँकन जुम्ला जिल्लाको पटमारा बाट शुरु भएको हो ।
चलचित्रमा मेनुका माझी, नबदत्त न्यौपाने, सुइन्जा सुनाम, शान्ता दाहाल, लाल बाहादुर रोकाया ललित जङ्ग महत लगायत कलाकारको मुख्य रहेको छ । कर्णाली प्रदेशबासीको भाषा भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने जनाइएको चलचित्रले एउटा पृथक र वास्तविक कथा भन्ने निर्माण पक्षले जनाएको छ ।
कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोटलगायत १० वटै जिल्लामा चलचित्रको छायांकन गरिनेछ ।
एनएसके मिडिया नेपालको व्यानरमा निर्माण हुने चलचित्रमा शान्ता शर्माको लगानी रहनेछ । चलचित्रमा ज्ञान कुमार कटेलको छायाँकन, गौतमराज खड्काको सम्पादन, नवदत्त न्यौपानको संगीत, रामकृष्ण बुड्थापाको कथा र रामजी राउतको मुख्य सहायक निर्देशक रहने छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi