‘हरिबहादुरको जुत्ता’ को टाइटल पोस्टर सार्वजनिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’ को टाइटल पोस्टर सार्वजनिक गरिएको छ । आइतबार चलचित्रका शिर्ष कलाकारको विवरण सहितको पोष्टर सार्वजनिक गरिएको हो ।
दिपेन्द्र के. खनालको निर्देशन रहने चलचित्रको शिर्ष भूमिकामा अभिनेता हरिबंश आचार्यले अभिनय गर्दैछन् । उनका साथै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की र मुरलीधरको पनि मुख्य भूमिका रहने छ । एस. एम. मोशन पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गर्नेछन् ।
हरिवंश आचार्यको लेखन रहेको चलचित्र कमेडी जनरामा निर्माण हुनेछ । सार्वजनिक टाइटल पोस्टरमा जुञलाई पनि आकर्षक ढंगले प्रस्तुत गरिएको छ । चलचित्रको छायाङ्कन आगामी माघको दोस्रो सातादेखि काभ्रेका विभिन्न स्थानमा हुने जनाइएको छ ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi