पहारी, उप्रेती र सुबेदीलाई हरितारा पुरस्कार, ढुङ्गाना र रौनियारलाई दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार
चलचित्र क्षेत्रकै पहिलो पुरस्कारका रुपमा स्थापित ‘हरितारा चलचित्र पुरस्कार’ अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रतीलाई प्रदान गरिने भएको छ । यस्तै ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार बिष्णु सुबेदीलाई प्रदान गरिने आयोजक संस्था परिवर्तन नेपालले जनाएको छ ।
‘हरितारा चलचित्र पुरस्कार’ का संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार पहारी र २०८१ सालको पुरस्कार उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारमा लिखत सहित जनही २५,०००।– राशीको थैली रहने जनाइएको छ ।
बैठकलले यस वर्ष देखि ‘हरितारा चलचित्र पत्रकारिता पुरस्कार’को स्थापना गरेको हो । स्थापना वर्षको पुरस्कार चलचित्र पत्रकार विष्णु सुवेदीलाई नगद १०,०००।– राशी सहित प्रदान गरिने जनाइएको छ ।
परिवर्तन नेपालका अध्यक्ष तथा ‘हरितारा चलचित्र पुरस्कार’का सदस्य सचिव मोहन निरौलाका अनुसार २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारानानी)ले आफु र आफ्ना पति हरि शम्शेरको नाममा अक्षयकोष राखि यो पुरस्कारको स्थापना गर्नुभएको हो ।
पुरस्कृत अभिनेता पहारी ४ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रमा क्रियाशिल छन् भने अभिनेत्री उप्रेती २ दशक भन्दा बढी समय देखि अभिनय सक्रिय छिन । यस्तै पत्रकार सुबेदी दुई देखि पत्रकारितामा निरन्तर क्रियाशिल छन् ।
यस अघि ‘हरितारा चलचित्र पुरस्कार’ बिशिष्ठ कलाकर्मीहरु बसुन्धरा भुषाल, भुवन चन्द, कृष्ण मल्ल, मदन दास श्रेष्ठ, रविन्द्र खड्का, मिनाक्षी आनन्द, विश्व बस्नेत, लय संग्रौला रेखा थापा, दिनेश डि.सी., शान्तिप्रिय, विदुर गिरी, करिष्मा मानन्धर, दीपक राज गिरी, दिपा श्री निरौलालगायतलाई प्रदान गरिएको छ ।
यस्तै परिवर्तन नेपालको वैशाख ५ गते बसेको बैठकले ‘श्री दुर्गादेवि पूण्य निरौला स्मृति पुरस्कार’ कलाकार तथा अधिवक्ता करण ढुङ्गाना र निर्देशक सम्झना उप्रेती रौनियारलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको राशी जनही १०,०००।– रुपैया रहेको छ ।
साथै सोही बैठकले नेपाली चलचित्रको विकाश, विस्तार प्रवद्र्धनमा सहिय रहेका बिभिन्न कलाकर्मीहरुलाई ‘परिवर्तन – चलचित्रकर्मी विशेष सम्मान २०८१’ बाट सम्मान गर्ने निर्णय गरेको छ । बैठकले अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबि रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे) र अभिनेता सुनिल कटुवाललाई उक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो ।
साथै संचारकर्मी तुलसी गिरी भावुक, संचारकर्मी कृष्ण भुषाल र संचारकर्मी कमला जोशीलाई ‘परिवर्तन–चलचित्र पत्रकारिता सम्मान २०८१’ अर्पण गर्ने निर्णय गरेको बिज्ञप्तीमा जनाइएको छ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ, शान्तिप्रिय रहेको ३ सदस्यीय कमिटीले गरेको हो । आगामी जेष्ठ पहिलो साता बिशेष कार्यक्रमको आयोजना गरि पुरस्कार र सम्मान अर्पण गरिने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
