‘हात्तीछाप’ पोस्टरमा दयाहाङ र उपासना
कलाकारद्वय दयाहाङ राई र उपासना सिंह ठकुरीको लुक्स रिभिल गर्दै चलचित्र ‘हात्तीछाप’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । जसमा दुवैलाई बाँधेर कोठाभित्र बन्धक बनाइएको अवस्थामा देख्न सकिन्छ । पोस्टरले चलचित्रमा दयाहाङ र उपासना जोडीको रुपमा रहेको संकेत गर्छ ।
सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रको यसअघि कलाकार सौगात मल्ललाई मात्र रिभिल गर्दै पोष्टर सार्वजनिक गरिएको थियो । जुन पोष्टरले चर्चा समेत पायो । माघ २६ गतेबाट रिलिज हुने चलचित्रमा दयाहाङ, सौगात र उपसनाका अलवा विल्सन विक्रम राई, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रियर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेललगायतको अभिनय रहेको छ ।
प्रदीप भारद्धाजको लेखन र सुशान्त प्रजापतिको छायांकन रहेको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने कार्यकारी निर्माता सरोज नेपाली हुन् । चलचित्रमा पुष्कर गुरुङ र अमला देवी राइको लगानी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
