‘हात्तीछाप’मा एकसाथ काम गर्दै दयाहाङ र सौगात
चलचित्र ‘हात्तीछाप’मा अभिनेता दयाहाङ राई र सौगात मल्लले पुनः एकसाथ काम गर्ने भएका छन् । सिमोस सुनवार निर्देशन रहने चलचित्रमा दयाहाङ अनुबन्धित भएको तीन दिन पछि आइतबार सौगात पनि अनुबन्धित भएका छन् ।
चलचित्र ‘दुई नम्बरी’का निर्माता किरण नेपालीकै निर्माणमा चलचित्र बन्ने छ । उक्त चलचित्रमा पनि सौगात र दयाहाङले एकसाथ काम गरेका थिए । सौगात र निर्देशक सुनवारले यसअघि चलचित्र ‘झ्यानाकुटी’मा सहकार्य गरेका थिए ।
सामाजिक विषयबस्तुमा बन्ने चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । आगामी चैत्रबाट छायांकनमा जाने चलचित्रका लाग अभिनेत्री र अन्य कलाकार छनोट हुन बाँकी नै छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora