हलमा फेरियो ‘हात्तीछाप’को टिजर

सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्र ‘हात्तीछाप’को नयाँ टिजर सार्वजनिक गरिएको छ । केही दिन अघि रिलिज गरिएको टिजरले दर्शकको मन जित्दै गर्दा बिहिबारबाट हिन्दी चलचित्र ‘डंकी र सलार’ हेर्न पुगेका दर्शकलाई लक्षित गर्दै नयाँ टिजर रिलिज गरिएको हो ।
उक्त टिजरलाई दर्शकहरुले मन पराएको निर्माण पक्षको दाबी छ । चलचित्रका प्रस्तुतकर्ता किरण नेपालीले भने – ‘हामीले हलमा सार्वजनिक गरेको टिजरलाई दर्शकले निकै साथ दिनुभएको छ । टिजर बज्दा दर्शक मज्जाले हाँस्नुभएको छ । साथमा, सौगात मल्लको गेटअपलाई रुचाएको देखियो ।’
दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको चलचित्र माघ २६ गतेबाट रिलिज हुनेछ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi