Mahajatra

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ अब ठुलो पर्दामा

२०७६ कार्तिक १
सन्तोष पन्तको ‘हिजो आजका कुरा’ अब ठुलो पर्दामा

अब चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा चलचित्र निर्माण हुने भएको छ । हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नेपाल टेलिभिजन बाट ५ सय ६५ र कान्तिपुर टेलिभिजनबाट १ सय ११ भाग गरि कुल ६७६ भाग प्रसारण भएको थियो ।

सन् १९९५ देखि २०१३ सम्म टेलिभिजनमा लोकप्रिय यो सिरियललाई कलाकार सन्तोष पन्तले निर्देशन गरेका थिए । चलचित्रलाई भने सन्तोषका छोरा साकारले निर्देशन गर्ने भएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको छ । पन्त फिल्म प्रोडक्ससनको ब्यानरमा चलचित्र निर्माण हुनेछ । कार्यक्रममा बाल्दै निर्देशक साकारले पन्त प्रोडसक्नको पहिचान ‘हिजो आजका कुरा’ भएकोले यही नाममा चलचित्र निर्माण गर्न लागेका जनाएका छन् । उनले ब्रान्ड बेच्न वा सिरियलको लोकप्रियता क्यास गर्न भने यो नाम नराखिएको बताए ।

तिहारपछि फिल्मको छायांकन सुरु हुने चलचित्र ड्रामेडी जनरामा निर्माण हुनेछ । चलचित्रले कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुलाई उठान गर्ने जनाइएको छ । चलचित्रमा सन्तोष र साकारको कथा, सन्दीप किस्नाको पटकथा, रवि सायमीको छााँकन, बिनय कन्साकारको सम्पादन र हर्कुलस बस्नेतको संगीत रहनेछ ।

कलाकारको कुरा गर्दा ‘हिजो आजका कुरा’ले धेरै कलाकार जन्माएको छ । चलचित्रमा सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाको मुख्य भुमिका रहे पनि अन्य कलाकारमा सिरियलले जन्माएका भन्दा बाहिरको बाहुल्यता रहने छ । चलचित्रमा सन्तोष र रमाका अलवा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव–कलाकारद्वय विनायक कुइकेल र अनुष्का घिमिरेलगायतको अभिनय रहनेछ ।