‘ह्यारी कि प्यारी’को ‘धरहरा’ सार्वजनिक
चलचित्र ‘ह्यारी कि प्यारी’को पहिलो गीत ‘धरहरा’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन् । गीतमा डा. भोला रिजालको शब्द, शिखर सन्तोषको संगीत, सपन कुमार राई र मिना निरौलाको स्वर र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । गीतमा अभिनेत्री थापासँगै अभिनेताद्धय जितु नेपाल र विजय बराल पनि फिचर्ड छन् ।
कार्यक्रममा बोल्दै अभिनेत्री रेखा थापाले लामो समय पछि गेष्ट रोलमा मै भएपनि पर्दामा फर्किन पाएकोमा खुशी व्यक्त गरिन् । पछिल्लो समय आफु अभिनयसँगै राजनितिमा पनि सक्रिय भएकाले चलचित्रमा फर्किन समय लागेको उनको भनाई छ ।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्र बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको हो । चलचित्रमा जितु र विजयका अलवा साम्राज्ञी राज्यलक्ष्मी शाह, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ ।
चलचित्र माघ २० गतेबाट प्रदर्शन हुनेछ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora