शुक्रबार र शनिबार ‘होस्टेल ३’को ब्यापार अब्बल

शुक्रबार र शनिबार उत्साहजनक व्यवसाय गरेको चलचित्र ‘होस्टेल ३’को क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ । चलचित्रको सफलतासँगै खुसीयाली साट्ने अवसरको रूपमा चलचित्रमा समावेश गीत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ ।
किरण माइकलको सङ्गीत रहेको गीतमा सुजाता पाण्डे, सशान कँडेल, र किरण माइकलको स्वर रहेको छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ । गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको पावरफुल नृत्य रहेको छ भने भिडियोमा चलचित्रका कलाकारहरू रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायत पार्टी मुडमा देखिएका छन् भने कलाकार पारस बम ‘कुलब्वाय’ भने फरक मुडमा छन् । गीतका कोरियोग्राफर रोशन विश्वकर्मा हुन् ।
यता चलचित्रले व्यवसायिक सफलताको बाटो तय गरेको छ । शुक्रबार र शनिबारको व्यापार अब्बल छ भने दर्शकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्रको वर्ड अफ माउथ बलियो देखिएको छ । शुक्रबारदेखि नै चलचित्रका कलाकारहरुले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शनिबार हलमा पुग्दा केही कलाकारहरुको क्रेज निकै देखिएको छ । खासगरि अभिनेता पारस बम ‘कुलब्वाय’को क्रेज ज्यादा देखिएको छ । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुग्दा उनलाई दर्शकहरुले काँधमा बोकेका थिए । टिकटकमा चर्चित भएकाले पनि उनलाई हेर्न हलमा दर्शकहरू ओइरिएका छन् ।
सशान कँडेलले निर्देशन गरेको चलचित्रको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् । चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, सन्तोष बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह–निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral