अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को माग बढ्दो

२०८१ मंसिर ३
अन्तर्राष्ट्रिय बजारमा ‘होस्टेल ३’को माग बढ्दो

फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको तथा हाल छायाङ्कन भइरहेको चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ । पछिल्लो समय अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि यसको प्रदर्शन अधिकार बिक्री भएको छ । यसअघि जापान, मध्यपूर्वका देशहरू, र मलेसियाका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको थियो ।

अस्ट्रेलिया र न्यूजिल्यान्डका लागि प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशन ९राजु कान र सुदिन केसी०ले खरिद गरेका छन् । जापानका लागि युएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेका छन् ।

सशान कँडेलद्वारा निर्देशित ‘होस्टेल ३’ लाई ‘होस्टेल’ शृङ्खलाको महत्त्वपूर्ण तेस्रो कडीका रूपमा लिइएको छ । यस चलचित्रमा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारलाई नेपाली चलचित्र उद्योगमा स्थापित गराउँदै आएको छ । पहिलो ‘होस्टेल’ चलचित्रबाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो । २०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै चलचित्रले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेका थिए ।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ । चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफी बुद्ध थापा र मनोज खत्रीले गरेका छन् ।

चलचित्रका मुख्य सहायक निर्देशक सुदिप कुँवर, प्रोडक्सन डिजाइनर यम प्रसाद ओली, र कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । निर्माता कर्ण कार्की र गोविन्द अधिकारीसँगै सह निर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् । लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।

Kumari Bank
Aktor