Jwai Sap
Khusma

चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु

२०८१ भाद्र ३०
चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु

चलचित्र ‘होस्टेल ३’को छायाङ्कन सुरु गरिएको छ । आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा शुभ मुहूर्त गर्दै छायाङ्कन सुरु गरिएको हो । कलाकारहरु पारस बम र सिम्रन पन्त मुहूर्त सर्ट दिएका थिए । 

काठमाडौंको बोडेमा सुरु भएको छायाङ्कन पहिलो चरणमा २५ दिनसम्म चल्ने र तिहारपछि अर्को चरणको छायाङ्कन सुरु गरिने चलचित्रका निर्देशक सशान कँडेलले बताए ।

चलचित्रमा पारस र सिम्रनका अलवा रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ । अभिनेता आर्यन सिग्देलले चलचित्रमा होस्टेलको वार्डेनको भूमिका निभाउनेछन् भने अभिनेत्री परीक्षा लिम्बुले विशेष भूमिका निभाउनेछिन् ।

फागुन १६ गते विश्वभर रिलिज हुने तयारीमा रहेको चलचित्रको जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ ।

चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो । चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ । चलचित्रका डिओपी अर्जुन तिवारी हुन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन् । कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सहनिर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन् ।

Devi
Rawayan