Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘होस्टेल ब्याक अगेन’ बन्ने, निर्माता सुनिलले नै निर्देशन गर्ने

२०७६ बैशाख २९
‘होस्टेल ब्याक अगेन’ बन्ने, निर्माता सुनिलले नै निर्देशन गर्ने

चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ ।  ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’ पछि तेस्रो सिरिजका रुपमा यो चलचित्र निर्माण हुन लागेको हो ।

चलचित्रलाई निर्माता सुनिल सुनिल रावल आफैले निर्देशन गर्ने भएका छन् । ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’मा निर्माताका रुपमा रहेका सुनिलले यसै चलचित्रबाट निर्देशनमा डेव्यु गर्नेछन् ।

सुनिल पछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । उनले नेपालबाट अध्ययनका लागी अमेरिका गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई चलचित्रको कथा बनाइने जानकारी दिएका छन् । रावलकै कथा रहेको चछलचित्रका लागि पटकथा र संवाद लेखन भने रायन राइजले गरेका छन् । दुर्गिस फिल्मस् र काफिया फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायाँकन अमेरिकामै गरिने निर्माता गोविन्द शाहीले जानकारी दिएका छन् । केही दिनमा कलाकारको छनौट गरिने समेत जनाइएको छ ।

Kumari Bank