‘ह्रस्व दीर्घ’को चौंथो सेड्युलको छायांकन जारी

२०८१ आषाढ १८
‘ह्रस्व दीर्घ’को चौंथो सेड्युलको छायांकन जारी

चलचित्र ‘ह्रस्व दीर्घ’को चौंथो सेड्युलको छायांकन जारी छ । चन्द्र पन्तको डेव्यु निर्देशन रहेको चलचित्रको छायाँकन अझै चार दिनसम्म काठमाडौंका विभिन्न स्थानमा जारी रहने जनाइएको छ ।

‘यो चलचित्रको अन्तिम सेड्युल हो । चार दिनमा चलचित्रको सम्पुर्ण छायांकन सकिनेछ । त्यसपछि हामी पुर्ण रुपमा चलचित्रको प्रचार प्रसार तथा पोष्ट प्रोडक्सनको काममा लाग्ने छौं’, निर्देशक पन्तले बताए । सोमबार बिहानबाट ललितपुरस्थित इन्टरनेशनल क्लबबाट छायांकन सुरु गरिएको चलचित्रको साँझ सोही ठाउँमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

चलचित्रकी निर्मात्री समेत रहेकी अभिनेत्री नीता ढुंगानाले बलिउड चलचित्र ‘गजनी’ भिलेन प्रदीप रावत र दक्षिण भारतीय चलचित्र ‘पुष्पा’को भिलेन सुनिल वर्माको पार्टको छायांकन अहिले चलिरहेको जानकारी दिइन् । उहाँहरु छायांकनको लागि नेपाल आएको बेला मिडियासँग पनि साक्षात्कार गरौं भन्ने उद्देश्यले पनि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

रावतले आफुले चलचित्रमा अभिनेत्री ढुंगानाको पिताको भुमिकामा अभिनय गर्न लागेको बताए । यसअघि भोजपुरी चलचित्र ‘माही’मा पनि नीतासँग स्क्रिन सेयर गरेको स्मरण गर्दै नीता राम्रो कलाकारसँगै निर्माता समेत रहेको अनुभव सुनाए । निर्देशक चन्द्र पन्तलाई नेपाली चलचित्रको ‘कोहीनुर’ भन्दै स्टन्ट मास्टरबाट निर्देशक बन्दासम्मको यात्रालाई प्रदीपले पत्रकार सामु प्रस्तुत गरेका थिए ।

यस्तै, अर्का कलाकार वर्माले पनि नेपाली चलचित्रमा अभिनय गर्न पाउँदा खुशी लागेको बताए । चलचित्रको स्कृप्ट अनुसार चलचित्र पनि उत्कृष्ट बन्ने विश्वास रहेको भन्दै यो चलचित्रले नेपाली चलचित्रलाई भारतीय चलचित्र उद्योगसँग जोड्ने पुलको काम गर्ने बताए ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । चलचित्रमा नीता, प्रदीप र सुनीलका अलवा ब्रह्मानन्दम, अली, कवीर सिंह दुहान, सञ्चीता लुईटेल, हरिहर अधिकारी, विपना थापा, प्रशानत ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित चलचित्रटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो चलचित्र रिलिज हुनेछ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

Kumari Bank
Aktor