Mahajatra

‘हृदय भरी’ निर्माणको औपचारिक घोषणा, पल र श्रद्धाको रोमान्स रहने

२०७५ पौष २३
‘हृदय भरी’ निर्माणको औपचारिक घोषणा, पल र श्रद्धाको रोमान्स रहने

चलचित्र ‘हृदय भरी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको औपचारिक घोषणा गरिएको हो । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहने चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहने छ । चलचित्रमा पल शाह, सलोन बस्नेत, रेखा लिम्बु, श्रद्धा क्षेत्री, निर शाह, सुनिल थापा, आकाश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, कविता रेग्मी, आयुषमान घिमिरे, मनोज केसीलगायतका कलाकारको अभिनय रहनेछ । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी मोडल श्रद्धाले यसै चलचित्रबाट अभिनयमा डेव्यु गर्दैछिन ।

निकेश लिम्बु, चन्दन शाह र दिपेन्द्र राईले निर्माण गर्ने चलचित्र  एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा।लि र दिपेन्द्र फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुनेछ । चलचित्रमा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । निर्माता निकेश लिम्बुले टिम राम्रो भएकोले चलचित्र निर्माणमा सहकार्य गरेको बताएका छन् । यसअघि रातो घरब्लाइन्ड रक्स निर्माण गरेका उनले केहि समय ग्याप भएपनि कथावस्तु र टिम राम्रो भएपछी निर्माणमा सहकार्य गरेको जनाएका हुन । घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फष्ट लुक पोष्टर समेत सार्वजनिक गरेका थ्रिए । चलचित्र युवा पुस्ताको प्रेम कथामा आधारित रहेको निर्देशक सुव्वाले जानकारी दिएका छन् ।

चलचित्रमा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल र दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी र बिपिन मल्लको सम्पादन रहनेछ ।