Khusma
Devi
Rawayan

‘हुक्काः एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

२०८० बैशाख १९
‘हुक्काः एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक

चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को ट्रेलर सार्वजनिक गरिएको छ । शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा र सम्वाद विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्ण बहादुर थापाको छायांंकन छ ।

रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशिला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता कमलबहादुर भुजेल र किरणकुमार आत्रेय हुन् ।