बिराजको चलचित्र ‘१२ गाउँ’मा ‘इकु’
हास्यकलाकार सुलेमान शंकर ‘इकु’ बिराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा भित्रिएका छन् । भट्टकै निर्माण रहने चलचित्रमा उनी कमेडी भूमिकाको लागि भित्रिएका हुन् । विराजले सामाजिक सञ्जाल मार्फत सुलेमानसँगको एक तस्बिर पोष्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
पछिल्लो समय म्युजिक भिडियो र टेलिसिरयलमा देखिँदै आएका सुलेमानले ‘इकु’, ‘इकु २’लगायत केही चलचित्र समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय ‘इकु’को तेस्रो सिक्वेल निर्माणको तयारी गर्दैछन् । अहिले पटकथा लेखन कार्य भइरहेको चलचित्रको निर्माण नेपाली, भोजपुरी र हिन्दी भाषामा गर्ने उनको योजना छ ।
‘१२ गाउँ’मा विराजको छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई मुख्य भूमिकाको लागि छानिएका छन् । एक्सन–थ्रीलर विषयमा बन्न लागेको चलचित्रको छायांकन नेपाल र भारतमा हुने बताइन्छ ।
Latest Updates
-
‘बेहुली फ्रम मेघौली’लाई हलबाट उतार्ने बस्नेतको घोषणा, अब ओटिटीमा रिलिज हुने
-
चलचित्र हलमा वहार, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ सबै अब्बल
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 15)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev