‘ईन्टु मिन्टु लण्डनमा’को ओएसटि सार्वजनिक

चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’को ओएसटि सार्वजनिक गरिएको छ । रिलिजको संघारमा चलचित्रको ओएसटि ‘आई एम इन्टु सि इज मिन्टु’ सार्वजनिक गरिएको हो ।
गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह तथा धिरज मगर फिचर्ड छन् । गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन । सुजिल कर्माचार्यको शब्द, संगीत रहेको गीतमा सुजिललाई श्रेया सोताङले पाश्र्व गायनमा साथ दिएकी छिन ।
गीतलार्इ आकर्षक बनाइएको छ । साल्सा डान्स शैलीकै गीतलाई लाईटसँग खेल्दै कोरियोग्राफरले थप आकर्षक बनाएका छन् ।
रेनाशा वान्तवा राईको निर्देशन रहेको चलचित्रमा सम्राज्ञी र धिरजका अलवा शारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिसा बजगाई, राजेश बिसुराललगायतको अभिनय रहेको छ ।
प्रभु शम्शेर जबरा र प्रज्ज्वल शम्शेर जबराले निर्माण गरेको चलचित्रमा सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सहनिर्माता रहेका छन् । चलचित्रमामा शैलेन्द्रध्वज कार्कीको छायाँकन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा रहेको छ ।
चलचित्र ईन्टु मिन्टु लण्डनमाको बारेमा विस्तृत विवरण हेर्न यहाँ क्लीक गर्नुहोस् ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri