इन्टु मिन्टु लण्डनमा : यो वर्षको सवैभन्दा उच्च व्यापार
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले यो वर्षकै सवैभन्दा उच्च ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभरका सिनेमा घरमा आफ्नो पकड कायम राखेको हो ।
शनिबार देशैभरका अधिकांश चलचित्रहलहरु हाउसफुल भएका थिए । वितरकहरु इन्टु मिन्टु लण्डनमा वर्ष २०७५ कै सबैभन्दा उच्च इनिसियल व्यापार गर्ने चलचित्र भएको बताउँछन् ।
रेनशा वान्तवा राइको निर्देशन रहेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार लगायतका कलाकारको अभिनय रहेको छ ।
शनिबार चलचित्रका कलाकारहरु दर्शक प्रतिक्रिया लिन राजधानीका केही हलमा पुगेका थिए । हलमा दर्शकमाझ कलाकारको क्रेज निकै देखियो । खासगरि साम्राज्ञी र धिरजको क्रेज दर्शकमाझ ज्यादा देखिएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
