Jwai Sap
Aktor

चलचित्र ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक

२०८१ आषाढ २१
चलचित्र ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक

चलचित्र ‘ईश्वर’को गीत ‘तिमी आयौ’ सार्वजनिक गरिएको छ । कृष्ण काफ्लेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
सार्वजनिक गीतमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ ।

राजु गिरी निर्देशित चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । चलचित्र आगामी साउन ११ गतेबाट रिलिज हुने छ ।

दिव्या कंगना चलचित्रको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता हरिबहादुर थापा हुन् । भोजराज देवकोटाको पटकथा तथा संवाद रहेको चलचित्रकी प्रस्तुतकर्ता लक्ष्मी कुँवर थापा हुन् ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।