वैशाख २६ मा रिलिज हुने भो चलचित्र ‘जार’

इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को रिलिज मिति तय भएको छ । यो चलचित्र आगामी वैशाख २६ गते रिलिज हुने बताइएको छ ।
फूर्वा छिरिङ लामा निर्देशित यस चलचित्रको छायाङ्कन सिक्किममा गरिएको हो भने अधिकांश कलाकार र प्राविधिक टिम भारतबाट नै रहेका छन् । प्रमुख भूमिकामा सौगात मल्ल, अनुपविक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता गीताञ्जली थापालाई देख्न सकिन्छ । गीताञ्जलीले नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि अभिनय गरिसकेकी छन् ।
‘जार’ले सन् अठार सयको दशक अन्त्यतिरको नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई पर्दामा उतारेको छ । सरवानन इलावार्सुको छायाङ्कन, अखिलेश राईको सम्पादन र झुमा लिम्बु तथा गङ्गा थापाको सङ्गीत रहेको छ । निर्माण टिमले नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो चलचित्र एकैसाथ प्रदर्शन गर्ने जनाएको छ ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya