चलचित्र ‘जार’को टिजर सार्वजनिक
चलचित्र ‘जार’को टिजर सार्वजनिक गरिएको छ। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रलाई फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
चलचित्रमा अभिनेता अनुपविक्रम शाही, सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापाले प्रमुख भुमिकामा अभिनय गरेका छन् । अभिनेत्री थापाले भारतिय चलचित्र ‘लायर्स डाइस’ बाट भारतको राष्ट्रिय चलचित्र पुरस्कार जितेकी छन् भने टोरन्टो, बुसान, लस एन्जलस र न्युयोर्क अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा आफ्नो पहिचान स्थापित गरिसकेकी छन् । उनले सन् २०१० मा ‘टीना की चाबी’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी थिइन् भने नेटफ्लिक्सको चर्चित सिरिज ‘सेक्रेड गेम्स’को पहिलो सिजनमा नायानिका सेहेगलको भूमिका निभाएकी थिइन् ।
भारतको सिक्किममा छायाङ्कन गरिएको चलचित्रलाई फेरी टेल पिक्चर्सले निर्माण गरेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
