‘ज्याकीः आई एम ट्वान्टी वान’मा जसिताको डान्सिङ मुड

२०७९ फागुन ३०
‘ज्याकीः आई एम ट्वान्टी वान’मा जसिताको डान्सिङ मुड

चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की अभिनेत्री जसिता गुरुङको क्यारेक्टर लुक सार्वजनिक गरिएको छ । यसअघि ३ वटा प्रचार सामाग्रीमा अभिनेता धिरज मगरको मात्र गेटअप सार्वजनिक गरिएको थियो । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा धिरज र जसिताको मुख्य भूमिका रहेको छ । 

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई रेनशा राईले निर्देशन गरेकी हुन् । यसअघिका प्रचार सामग्रीमा जस्तै जसरीको लुक रिभिल गर्दा पनि उनलाई डान्स मुभमेण्टमा प्रस्तुत गरिएको छ । चलचित्रमा जसितालाई ‘रुबी’ पात्रको भूमिकामा देख्न सकिनेछ ।

प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानीमा निर्माण भएको चलचित्रलाई निर्माण पक्षले डान्स ड्रामा भनेको छ । चलचित्रमा धिरज र जसिताका अलवा अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको पनि अभिनय रहेको छ । 

चलचित्र रेनशाको कथा तथा पटकथा, रोहित शाक्य, स्वप्न सुमन र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Latest Updates

New Releases (Chaitra 29)

Next Releases (Baishak 12)