यस्तो छ चलचित्र जय भोलेको ट्रेलर, लुकाइयो इमोशनल पाटो

दशैमा रिलिज हुने चलचित्र जय भोलेको ट्रेलर सार्वजनिक गरिएको छ । अशोक शर्मा निर्देशित चलचित्र जय भोलेमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, वुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल, जयनन्द लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
२ मिनेट ५६ सेकेण्ड लामो ट्रेलरमा कमेडी संवादको दबदबा रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक शर्माले चलचित्रको ९० प्रतिशत कथा ट्रेलरले झल्काएको भए पनि चलचित्रमा अर्को महत्वपूर्ण पक्ष पनि रहेको बताए । शर्माले स्पष्ट नबताए पनि चलचित्रको इमोशनल पक्षलार्इ सस्पेन्स राख्न खोजेको संकेत स्पष्टै गरेका थिए । कार्यक्रममा उपस्थित कलाकारहरु खगेन्द्र, सौगात र सलोनले आफ्नो भुमिकाको बारेमा भने खासै केही खुलाउन चाहनेनन् । तर एक्सन भुमिकाका देखिएकी अभिनेत्री गिरीले भने अब यस्तो भुमिकामा काम गर्न मन नभएको प्रतिक्रिया दिइन ।
किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, खगेन्द्र लामिछानेको लेखन, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ ।
कार्यक्रममा गायक राजेश पायल राइले संचालन गर्दै आएको राई इज किङ फाउन्डेशनलाई २५ हजार सहयोग प्रदान गरिएको थियो । गायक राइले अशोक शर्मा आफ्ना गडफादर मान्दै आएका छन् ।

Latest Updates
-
‘अञ्जिला’ हेर्दा भावुक देखिए दर्शक, चलचित्र पायो सकारात्मक प्रतिक्रिया
-
-
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya