Mahajatra

आमालाई सम्झेर भावविह्वल बनिन् जल शाह

२०७५ पौष ७

अभिनेत्री जल शाह आफ्नी आमा तथा साहित्यकार स्वर्गीय प्रेमा शाहलाई सम्झिएर भावविह्वल भएकी छन् । पेमाको प्रथम स्मृती दिवसको अवसरमा काठमाडौंमा आयोजित स्मृति सभामा जललाई सम्हालिन गाह्रो भएको हो । आमालाई सम्झने क्रममा जल भक्कानिएर एक मिनेट पनि बोल्न सकिनन् । ‘स्ट्रङ हुन्छु भन्ठानेको थिएँ, सकिन’ उनले भनिन् ।

कार्यक्रममा प्रेमाको जीवनीमा आधारीत एक अडीयो भिडियो प्रस्तुत गरीएको थियो । जसमा  उनलाई नजिकबाट जान्ने विभिन्न व्यक्तित्वहरुले उनको बारेमा बोलेका थिए । २००१ सालमा विरगंजको श्रीपुरमा जन्मेकी प्रेमा आऊ मलाई सम्भोग गर कविता लेखेपछि सशक्तरुपमा नेपाली साहित्यमा उदाएकी थिईन भने एउटै सम्भोग नामक कथा लेखेपश्चात उनको चर्चा चुलिएको थियो ।

कथा संग्रह पहेलो गुलाब, विषायान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरु मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, ईन्द्र धनु्ष, रंगीचंगी कथाहरु, राम्रो काम लेखेकी प्र्रेमाका बाल उपन्यासहरु मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गिती संग्रह भाग १ र २  प्रकाशित कृती हुन् ।

समारोहमा छोरी जल सहित नातीनी कलश रिमाल, ज्वाई शरदकुमार रिमालको साथमा विभिन्न साहित्यकारहरुले उनको तस्विरमा माल्र्यापण गर्दै एक मिनेट मौन धारण गरेका थिए । साहित्यिक क्षेज्ञका व्यक्तिहरु समेत समारोहमा उपस्थित थिए ।