Missing: Kt Harayeko Suchana
Juna
Rangi

'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक

२०८१ माघ २१
'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक

निर्माणाधीन नेपाली चलचित्र 'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक गरिएको छ । सरस्वती पूजाको अवसर पर्दै चलचित्रका अभिनेता विजय बराल र निर्माता कम्पनीले आफ्नो सोसल मिडिया मार्फत संवाद र गीतसहितको संक्षिप्त भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा दुई साथीहरूको स्केच तस्बिर राखिएको छ, जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । भिडियोको पृष्ठभूमिमा अभिनेता विजय बराल र एसोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर सुन्न सकिन्छ । 

थिम भिडियो सार्वजनिक गर्दै निर्माताले गायनमा दक्षता भएका नयाँ प्रतिभालाई गजबको अफर ल्याएका छन् । यो अफरमा यस भिडियोको अन्त्यमा रहेको गीतको अंशलाई  आफूले गाएर टिकटकमा पोस्ट गर्ने एक जना पुरुष र एक जना महिला उत्कृष्ट प्रतिभालाई सोही गीतमा स्वर भर्ने अवसर दिने र गीतलाई चलचित्रमा समावेश गरिने निर्माताले जनाएका छन् । गीतमा अर्जुन पोखरेलले सङ्गीत दिनेछन् ।

पेपरक्लिप प्रालिले बनाउन लागेको ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने अभिनेता बरालले प्रमुख अभिनय गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी  र  निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् ।

Kumari Bank