Mahajatra

थाइल्यान्डमा हुने भो 'जनजाति चलचित्र एवं संगीत' अवार्ड

२०७६ आषाढ ३१
थाइल्यान्डमा हुने भो 'जनजाति चलचित्र एवं संगीत' अवार्ड

'जनजाति चलचित्र एवं संगीत' अवार्ड हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच पहिलोपटक आयोजना हुन लगोको उक्त अवार्डको घोषणा गरिएको हो । हुकुम मल्टिमिडियाको आयोजनामा हुने 'ज्योमो ग्याङ चलचित्र एवं म्युजिक अवार्ड २०१९' थाइल्यान्डमा आयोजना गर्न लागेको जानकारी दिइएको छ । 

०७३ सालदेखि ०७५ सालसम्म निर्माण भएका चलचित्र र म्युजिक भिडियोले अवार्डमा प्रतिस्पर्धा गर्न पाउने छन् । यो समयका भएका कूल ६३ चलचित्रबाट उत्कृष्ट पाँच मनोनयन गरिने भएको छ । चलचित्र तर्फ कूल १६ र संगीततर्फ ११ विधा राखिएको छ ।

अवार्ड आगामी भदौ ७ गते थाइल्यान्डमा सम्पन्न हुने हुकुम मल्टिमिडिया अध्यक्ष डीबी बम्जनले बताएका छन् ।