Mahajatra

जानी नजानीको ट्रेलर सार्वजनिक, निर्देशक भन्छन् – कर्पोरेट लेवलको प्रेमकथा

२०७५ फागुन १०
जानी नजानीको ट्रेलर सार्वजनिक, निर्देशक भन्छन् – कर्पोरेट लेवलको प्रेमकथा

आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

जानी नजानीलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । चलचित्र आफुहरुले कर्पोरेट स्तरको प्रेमलाई उठान गरेको उनले बताए । बिगत आठ वर्षअघि देखि आफु र सामिप्यराज तिमिल्सिनाले यो स्कृप्ट तयार गरेको र एउटा राम्रो स्कृप्टमा चलचित्र बनाएको पनि निर्देशक अधिकारीले बताए । जानी नजानीमा आफुले सक्दो राम्रो काम गरेको अभिनेता मनिष श्रेष्ठले कार्यक्रममा बताए । अभिनेत्री निरिशा बस्नेतले आफ्नो यो पहिलो चलचित्र भएको र जानी नजानीबाट आफु निकै उत्साहित रहेको बताईन् । आधुनिक प्रेम कथामा आधारित यो चलचित्रको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । लेखक तिमल्सिनाले चलचित्र ड्रिम पछि आफुले लेखेको यो उत्कृष्ट लभ स्टोरी फिल्म भएको बताए । यसका निर्देशक बसन्त अधिकारीले लामो समयदेखि मुख्य सहायक निर्देशकको रुपमा काम गर्दाको अनुभव समेटेर एउटा स्तरीय फिल्म बनाएको बताए ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । जानी नजानी मार्फत मनोरञ्जनसँगै दर्शकले ससक्त सन्देश पनि पाउने निर्माता रोशनीले ट्रेलर रिलिज कार्यक्रममा बताईन् । चलचित्रलाई निकै स्तरीय बनाएको जिकिर उनले गरिन् । निर्माता केसीले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन । अर्का निर्माता मोदनाथ खनालले आफु यो क्षेत्रका लागि नयाँ भए पनि एउटा समसामयिक तर आदर्श प्रेमकथामा यो चलचित्र बनाएको बताए । चलचित्र जानी नजानीले नेपाली समाजमा प्रेमको परिभाषा केही फरक रुपमा गर्ने विश्वास व्यक्त गरे ।