सिमोसको ‘जन्ते बाख्रो’ जेठ २३ मा

चलचित्र ‘जन्ते बाख्रो’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी जेठ २३ गतेबाट प्रदर्शन हुने जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।
सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा अभिनेता सौगात मल्ल, आशिफ शाह, अभिनेत्री गरिमा शर्मा, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत गर्दा सौगातले निराश भावमा उनीहरुलाई हेरिरहेको देखाइएको छ । उनीहरुको बीचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रोका रुपमा चित्रण गर्न खोजेको बुझिन्छ ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रका निर्माता सन्तोष गौतम हुन् ।
चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi