चलचित्र ‘जन्ते बाख्रो’को शुभ मुहूर्त, पौष २० बाट छायाङ्कनमा जाने
कमेडी जनरामा निर्माण हुने चलचित्र ‘जन्ते बाख्रो’को शुक्रवार कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गरिएको छ । सिमोस सुनुवारले निर्देशन गर्ने यो चलचित्र पौष २० गतेबाट छायाङ्कनमा जाने बताइएको छ ।
चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र गरिमा शर्मा छन् । उनीहरूले नै मुहूर्त शट दिए । उनीहरूसँगै आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
चलचित्रको कथावस्तु बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोज ‘जन्ते बाख्रो’ वरिपरि घुमेको छ । प्रदीप भारद्वाजले कथा, पटकथा र संवाद लेखेका छन् भने सन्तोष गौतम निर्माता हुन् । मुईन इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रलाई हरि हुमागाईँले छायाङ्कन गर्नेछन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora