चलचित्र ‘जारी’को गीत ‘रीत’ सार्वजनिक

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मिरुना मगर अभिनित चलचित्र ‘जारी’को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार इन्टरनेटमा रिलिज भएको ‘रीत’ बोलको गीतमा मनोज थापामगरको संगीत तथा हर्क साउँदको शब्द रचना र संगीतकार थापामगर र सुनिता थेगिमको स्वर रहेको छ ।
बक्सअफिस बम्पर व्यापार गरिरहेको चलचित्रको सार्वजनिक गीतमा दयाहाङ र मिरुनालाई फिचर्ड गरिएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र हेर्न हलमा दर्शकको अहिले पनि उस्तै चाप छ । जारी प्रथामा आधारित रहेको चलचित्रमा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ ।
चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन निर्देशन गरेका हुन् ।
Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi