सलोनको ‘जय हो’ दोस्रो सातामा

चलचित्र ‘जय हो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो सातामा राम्रै ब्यापार गरेको चलचित्रले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।
प्रस्तुतकर्ता शोभित बस्नेतका अनुसार क्युएफएक्स, आईएनआई, बिएसआर, एफक्युब, विश्वज्योति, अष्टनारायण र गोपीकृष्णलगायतका केही हलहरुमा चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।
टेक पौरखी राईले निर्देशन गरेको चलचित्रलाई सुरज ल्वागन (सरकार) र राज के अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठलगायतको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat