बलिउड अभिनेत्री जया पर्दा नेपाल सरकारको सद्भावना दुत
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भारतिय अभिनेत्री तथा पूर्वसाँसद जया पर्दालाई सद्भावना दुतका रुपमा नियुक्त गरेको छ ।
मन्त्रालयका प्रवत्ता घनश्याम उपाध्यायद्वारा जारी बिज्ञप्तीमा पर्यटकिय हिसाबले भारत नेपालको लागि ठूलो स्रोत भएको हुँदा भविष्यमा नेपालको पर्यटनमा सहयोग पुग्ने भन्दै जयालाई नियुक्ति गरेको उल्लेख गरिएको छ ।
खासगरि भारतिय नागरिकहरु नेपालमा धार्मिक पर्यटकका रुपमा आउने बताइन्छ । पशुपतिनाथ, मुक्तिनाथ जस्ता धार्मिक स्थलहरु भारतिय पर्यटकको पहिलो रोजाई हुने गरेको छ ।
मन्त्रालयले जया पर्दा मार्फत ठुलो संख्यामा भारतिय पर्यटक नेपाल भित्र्याउन सकिने अपेक्षा राखेको छ ।
पर्यटन मन्त्रालयले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । सोही अनुरुप नयाँ पर्यटकिय गन्तव्यको पहिचान र विकासका साथै विदेशमा नेपालका पर्यटकिय गन्तव्यको प्रचार समेत गर्दै आएको छ ।

Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
